१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

नेपाली समाजलाई फेक न्यूजबाट बचाऔं:उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्यूजबाट जोगाउन आग्रह गरेका छन्।

नेपाल टेलिभिजन कर्मचारी संघको आयोजनामा दिपावली, नेपाल संवत् र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले फेक न्यूजलाई रोक्न जिम्मेवार सञ्चारमाध्यमहरुले भूमिका खेल्नुपर्ने बताएका हुन्।

‘आफ्नो पेशाबाट तपाईंहरुले नेपालका समाजलाई फेक न्यूजबाट  होइन की सत्य समाचारबाट सूचित गर्नुस् । फेक न्यूजबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस्’,उनले भने।  

त्यस्तै, अहिले व्यवस्था बदलियो अवस्था उस्तै छ भनेर गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको भन्दै व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन भएको उनको भनाई थियो। ‘पहिला एउटा टेलिभिजन थियो, अहिले कतिवटा छ? पहिला एउटा एयरलाइन्स थियो, अहिले कति छ ? बैंकहरु पहिले कति थियो अहिले कति छ ? पहिला इञ्जिनियरिङ कलेज एउटा थियो, अहिले कतिवटा भइसक्यो ?’ उनले भने,  कोही आएर जे पनि भनिदिए हुने ? कमन सेन्स प्रयोग गर्न नपर्ने ? ’

उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैले अधिकारको कुरा गर्न पाउने तर त्यो सँगै जिम्मेवारी पनि विर्सन नहुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए।

प्रकाशित: १४ कार्तिक २०८१ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App