१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्वीट्जरल्यान्ड उड्नु अघि राष्ट्रिय सभा अध्यक्षले भेटे राष्ट्रपतिलाई

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।

शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी राष्ट्रपति पौडेललाई गराएका थिए।

अध्यक्ष दाहाल स्वीटजरल्याण्डमा हुने अन्तरव्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै यही असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

प्रकाशित: १८ आश्विन २०८१ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App