३० भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

दलका गतिविधि र नागरिकको भावना नियालिरहेका छौंः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरूका गतिविधि र नागरिकका मनमा उब्जिएका विचार आफूहरुले नजिकबाट नियालिरहेको बताएका छन् ।  

रास्वपा कोशीको विस्तारित बैठकलाई मंगलबार सुनसरीको इटहरीमा सम्बोधन गर्दै सभापति लामिछानेले दलहरुको बेथिति र जनआक्रोश बढ्दै जाँदा स्वतः हुने आन्दोलनको अग्रपंक्तिमा रास्वपा रहने समेत उल्लेख गरे ।  

पुराना दलहरूको बेथिति बढार्न नागरिकको विश्वास रास्वपाप्रति बढिरहेको भन्दै सभापति लामिछानेले त्यसको आधिकारिक पुष्टि २०८४ सालको संसदीय निर्वाचनले गर्ने दाबी गरे । रास्वपाप्रति विश्वास र अपेक्षा भएअनुसार प्रश्नसमेत रहेको स्वीकार गर्दै सभापति लामिछानेले सबै प्रश्नको जवाफ कामले नै पनि बताए ।  

'रास्वपाका कारण देशका दुई ठूला मुख्य प्रतस्पर्धी दल मिलेर सरकार बनाएका छन्। अनि, उनीहरु नै रास्वपा कमजोर भयो भनेर हल्ला पिट्छन्। यो विरोधाभाष भयो,' लामिछानेले भने।  

विस्तारित बैठकलाई सम्बोधन गर्दै उपसभापति डीपी अर्यालले इमान्दारपूर्वक संगठन बिस्तारमा लाग्दै जनजीविकाका मुद्दासिहत स्थानीय तहको भ्रष्टाचारबारे आवाज उठाउन सदस्यहरुलाई आग्रह गरे । 

प्रकाशित: १८ भाद्र २०८१ १८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App