२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

झापाका पुराना कम्युनिष्ट नेता कन्दङ्वा माओवादी केन्द्रमा प्रवेश

झापाका पुराना बामपन्थी नेता लोकबन्धु कन्दङ्वा नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ ।

माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले कन्दङ्वालाई पार्टी प्रवेश गराएका हुन् । कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र बामपन्थी बुद्धिजीवीको रुपमा सक्रिय थिए ।  

माओवादी केन्द्र प्रवेश गर्दै कन्दङ्वाले जनताको भावना र ऐजेण्डा बुझेर आफ्नो कार्यदिशा तय गर्ने पार्टी माओवादी केन्द्र भएको र आज मुलुक जुन ठाउँमा छ, त्यो माओवादीका कारण सम्भव भएको बताए । उनले माओवादीसँग एजेन्डाको कमी नभएको र त्यसको कार्यान्वयन भए माओवादीलाई कसैले छुन नसक्ने दाबी उनको थियो ।  

सोही कार्यक्रममा एमालेका जिल्ला तथा नगरस्तरीय नेता, जसपाका विद्यार्थी नेतासहित करिब सात सय जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

प्रकाशित: ३० भाद्र २०८१ १८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App