२ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

संविधान दिवसको दिन दरबारमार्गमा नेशनल डे कन्सर्ट आयोजना हुने

संविधान दिवसको अवसरमा काठमाडौंको दरबारमार्गमा नागरिकस्तरबाट नेशनल डे कन्सर्ट आयोजना हुने भएको छ ।  

आईतवार पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराइएको हो । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजना हुने यो कन्सर्ट नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिवानलाई सम्झाउने अवसर भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कन्सर्टले देशको सांस्कृतिक सम्पदा, उपलब्धिहरू र राष्ट्रको प्रतिभालाई उजागर गर्ने विश्वास लिइएको छ ।  

राष्ट्रिय र अन्तरर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्धन गर्न, युवा पुस्तामा एकताको भावना जगाउन र नागरिक संलग्नता बढाउन सहयोग पु¥याउने विश्वास समेत छ । कार्यक्रमको उद्देश्य आम जनतामा देशभक्तिको गहिरो भावना जगाउने, आफ्नो राष्ट्र, भाषा र संस्कृतिप्रतिको महिरो प्रेमलाई प्रोत्साहन गर्ने, संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य र स्मरणीय रूपमा मनाउने, राष्ट्रिय एकता, सांस्कृतिक सम्पदा र भाषिक विविधताको प्रवर्धन गर्ने, नेपाली राष्ट्रिय गीत संगीतको प्रस्तुतिका साथ आम जनमानसमा राष्ट्रिय भावना सञ्चार गर्ने रहेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बताए ।  

ख्यातीप्राप्त कलाकारहरूद्वारा राष्ट्रिय भावनाले ओतप्रोत गीत संगितको प्रश्तुती रहने बताइएको छ । राष्ट्रिय एकता, स्वाभिमान, र राष्ट्र प्रेमका विषयवस्तुहरूलाई केन्द्रित गर्दै कुटुम्ब, इलिमेन्ट्स, अन्तराः लगायतका व्यान्डहरू र समूहहरूले पनि प्रस्तुति दिनेछन् । नेशनल डे कन्सर्टलाई सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र, सामुदायिक संगठन, नागरिक समाज र सर्वसाधारणहरूको सहयोग र समन्वय आवश्यक रहेको नेशनल डे कन्सर्ट वृहत नागरिक आयोजक समितिले जनाएको छ । 

प्रकाशित: ३० भाद्र २०८१ १८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App