१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसको दुई विभागमा सदस्यहरु मनोनित

नेपाली कांग्रेसको वित्तीय संस्था समन्वय विभाग र पूर्वआप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनित भएका छन् ।  

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम दुवै विभागमा १०-१० सदस्य मनोनयन गरेका हुन् ।  

वित्तिय संस्था समन्वय विभागमा कर्णबहादुर बुढा र पूर्व आप्रवासी समन्वय विभागमा दिनेश कोइराला प्रमुख छन् ।  

वित्तिय संस्था समन्वय विभागमा मोरङका भीमकुमार चौधरी, धनुषाका गणेश यादव, काठमाडौंका धरम ब्लोन (लामा), सिन्धुपाल्चोकका विष्णुप्रसाद घोरासैनी, कास्कीका सुरेन्द्रनाथ शर्मा, पाल्पाका चिरञ्जीवी नेपाल, रुकुम पूर्वका धु्रव पुन, सल्यानका डिलमान चन्द, कैलालीका दिनेश जोशी र अछामका लक्ष्मी शाह मनोनित भएका हुन् ।  

यस्तै पूर्व आप्रवासी समन्वय विभागमा रामेश्वर शाह (सिरहा), यदुनाथ पाण्डे (रुपन्देही), सुभाष लोहनी (मोरङ), विज्ञान प्रसाई (झापा), रामबहादुर कोङलिवा लिम्बू (ताप्लेजुङ), नवीन पोखरेल (झापा), कृष्णप्रसाद लम्साल (पर्वत), पूर्ण कोइराला (दैलेख), उमा कार्की (काठमाडौं) र बालकुमारी सुनार (कैलाली)लाई मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित: १७ भाद्र २०८१ १६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App