११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

विभिन्न मुद्दामा ६ वर्षदेखि फरार कसुरदारलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं १ बस्ने हिटो भनिने रोहितकुमार साउदेन पक्राउ परेका हुन् ।

उनलाई प्रहरी फुङलिङ नगरपालिका वडा नं ५ बाट पक्राउ गरेको जनाएको छ । रोहितकुमार माथि २०७६ साल कात्तिक १६ गते मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङका सुवास फेम्सोङ लिम्बूलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योगको कसुर थियो।

मक्वाखोला गाउँपालिका वडा नं ४ साँवा थलङस्थित बरामद भएको अवैध हातहतियार तथा खरखजना (पेस्तोल) सम्बन्धी कसुर मुद्दामा वारदाता पश्चात् सम्मानित ताप्लेजुङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा उनीमाथि दुबै घटना कसुरमा संलग्न भएको अभियोगमा खोजतलास भइरहेपनि बेपत्ता थिए । 

प्रकाशित: ३ वैशाख २०८२ १८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App