११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

नेताहरूले शिक्षक प्रयोग गरेर चुनाव जितिरहेका छन् : श्रेष्ठ

पूर्वशिक्षामन्त्रीसमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री सुमना श्रेष्ठले नेताहरूले शिक्षकहरूलाई प्रयोग गरेर चुनाव जितिरहेको बताएकी छन्।

बुधबार (आज) नागरिक फ्रन्टलाइनमा बोल्दै श्रेष्ठले यस्तो बताएकी हुन्। 'नेताहरूले शिक्षकहरू प्रयोग गरेर चुनाव जित्ने गरिरहेका छन्,' उनले भनिन्।

यस्तै उनले शिक्षाको गुणस्तर सुधार्नका लागि शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग्नुपर्ने बताएकी छन्। शिक्षकहरू राजनीतिक दलका सदस्यता लिएर बस्दा त्यहाँ चाकडी प्रवृत्ति मौलिएको उनले बताइन्।

'ट्रान्सफर, बढुवा, ट्रेनिङलगायतका विषयहरूमा त कसैको चाकडी नगरीकन पाउनुपर्‍यो नि,' उनले भनिन्, 'शिक्षाको गुणस्तर सुधारका लागि राम्रो गर्नेलाई सपोर्ट गर्नुपर्छ।'

प्रकाशित: ३ वैशाख २०८२ १९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App