नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा जनताहरू जागरूक भइसकेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले देशमा जनताहरू जागरूक भइसकेको र अब सच्चिनुको विकल्प नरहेको बताएका हुन्।
उनले भने,'विद्युत् प्राधिकरणको केशले भनिसकेको छ, देशमा माफिया भन्दा जनता बलिया भइसकेका छन्। त्यसैले साथीहरू यति ओम्नी र गिरिबन्धुको पुराना सपनाबाट बिउँझिनुस्। जनता जागरूक भइसकेका छन्। अब सच्चिनु र सुध्रिनुमा नै सबैको भलाइ छ।'
प्रकाशित: ११ भाद्र २०८१ १४:५१ मंगलबार