२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

टुँडिखेलमा नाराजुलुसपछि प्रधानमन्त्री: नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिए

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन्।

सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।  

उनले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यतार शिष्टता बिर्सिएको देख्दा अचम्मित भएको बताए। उनले नयाँ पुस्ताको अकर्मण्यता नेपालीपन नभएको बताए। उनले नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिन युवाहरुलाई आग्रह गरे।  

उनले नेपाल मेलमिलाप, शान्तिपूर्ण देश भएको बताए। उनले नेपाली समाज संस्कृतिले भरिपूर्ण समाज भएको भन्दै नेपाली समाज जति बिथोल्न खोजेपनि र जति भाँड्न खोजेपनि नभाँडिने जिकिर गरे। उनले नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गरी विश्वव्यापी फैल्याउनुपर्ने बताए।

उनले भने, ‘गौरा पर्व हामी हर्षोल्लासपूर्वक मनाइरहेका छौँ। यस्ता चाड पर्वहरु जसले नेपालको परिचय दिएका छन्। पहिचान दिएका छन्। नेपालको आफ्नो पन देखाएका छन्। यस्ता चाडहरुको निरन्तरता यहाँहरुले दिइरहनु पर्छ। नेपाल संस्कृतिको हिसावले अत्यन्तै धनी देश हो। सांस्कृतिक हिसावले विविधतायुक्त देश हो। पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्म सानो देशमा विविध संस्कृतिहरुले युक्त छ। यो देशलाई वास्तवमा अत्यन्त आकर्षक बनाउने प्राकृतिक सुन्दरता मात्रै होइन, मानवीय र सांस्कृतिक सुन्दरताले पनि यो देशलाई अत्यन्त सुन्दर बनाएको छ। नेपाली जनता आफ्ना चाडबाडप्रति अत्यन्तै उत्साहित छन्। नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ। यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन्। अरुका कार्यक्रम बिथोल्ने गरेका छन्। म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन,नेपाली संस्कृति होइन। नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिऔँ। हाम्रो देश मेलमिलापको देश हो। शान्तिपूर्ण ढंगले चल्ने देश हो। नेपाली समाज जति बिथोल्न खोजेपनि, जति भाँड्न खोजेपनि बिथोलिन र भाँडिन मान्दैन। नेपाली समाज, संस्कृतिले भरिपूर्ण समाज हो। नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गर्नुपर्छ । विश्वव्यापी रुपमा फैल्याउनु पर्दछ।’

प्रकाशित: १० भाद्र २०८१ १८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App