२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

कोसी प्रदेशमा विषयगत समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ

कोसी प्रदेशसभामा विषयगत समितिका सभापतिहरूले शुक्रबार सामूहिक पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सभामुख अम्बरबहादुर विष्टले कोसी  प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन)को नियम १३४ बमोजिम पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन ।  

न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाँई, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोेत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।  

त्यस अवसरमा सभामुख विष्टले विषयगत समितिका सभापति निर्विरोध निर्वाचन हुनुले दल बीचको एकता, सहकार्य एवं सहमतिको असल संस्कारलाई देखाएको बताए । उनले लामो समयपछि ‘मिनि संसद्’ का रूपमा रहेका विषयगत समितिले आफ्ना कामकारबाही उचित र प्रभावकारी ढङ्गले सम्पादन गर्ने विश्वास व्यक्त गरे ।

रासस

प्रकाशित: २८ भाद्र २०८१ २१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App