४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाको राष्ट्रिय भेला असोजमा हुने

तस्बिर : रास्वपा सचिवालय ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय भेला आगामी असोजमा गर्ने भएको छ।  

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको पार्टी सचिवालय बैठकले आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। सो अघि सातै प्रदेशमा भेला गर्ने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।  

राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र ‘क्लोज क्याम्प दौरान छलफल भएका ६ वटा विषयमा छलफल हुने झाको भनाइ छ।

क्लोज क्याम्पमा रास्वपाले विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लव÷लिडरसिप एकेडेमी लगायत विषयमा सातै प्रदेशका विभिन्न ठाउँमा छलफल चलाएको थियो। 

यो पनि पढ्नुहोस्

मुकुललाई रास्वपाले सोध्यो साधारण सदस्यबाट निष्कासन नगर्नुपर्ने कारण

प्रकाशित: ३० श्रावण २०८१ १४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App