१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

मुकुललाई रास्वपाले सोध्यो साधारण सदस्यबाट निष्कासन नगर्नुपर्ने कारण

राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) ले निवर्तमान महामन्त्री मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट निष्कासन नगर्नुपर्ने स्पष्टीकरण सोधेको छ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले काटेकाे पत्रमा २४ घण्टाभित्र जवाफ पठाउन भनिएकाे छ। 

 पत्रमा पार्टीविरुद्ध नियोजितरूपमा निरन्तर सक्रिय रहेको भन्दै पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईँको साधारण सदस्यता किन खारेज गर्नु नपर्ने ? आफ्ना आधार प्रमाण भनाइसहित २४ घण्टाभित्र जवाफ पठाउन भनिएकाे छ। 

विभिन्न सञ्चारमाध्यममा आएका धारणाका आधारमा स्पष्टीकरण सोधिएको छ। बुर्लाकोटीले काटेको पत्रमा मुकुललाई कोट गर्दै लेखिएको समाचारका लिंकहरुसमेत पठाइएको छ।  

प्रकाशित: ३० श्रावण २०८१ १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App