राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकाय छुटाउने विधेयक चाँडो भन्दा चाँडो संसदमा ल्याउन माग गरिन्।
मंगलबार प्रतिनिधि सभामा बोल्दै गौतमले नागरिक उड्डयन प्राधिकरण सेवा प्रदायक र नियामक निकायमा छुटाउने विधेयक आएको तर संसद्मा नल्याइएको हुँदा छिटो भन्दा छिटो संसदमा पेश गर्न माग गरिन्।
उनले भनिन्, 'नेपाली जनताको मृत्यु भनेको सरकारको सत्ताको खेल खेलमा आहुती दिने विषय होइन् सभामुख महोदय । त्यसैले पटक पटक हवाई दुर्घटना जुन भइरहेको छ यसको बारेमा सरकार गम्भीर बनोस् र सरकारले गम्भीर रुपमा नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुटाउनका लागि सरकारले पाइला चालोस्।'
प्रकाशित: २९ श्रावण २०८१ १३:३५ मंगलबार





