३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी गर्छौंः युवामन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।  

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक रहेको बताए। नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको उनको भनाइ छ।

उनले सिर्जना, क्षमता र शाहसको श्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षा, दिक्षा, जलवायु लगायतका महत्वपूर्ण विधामा भएको रुपान्तरणलाई आत्मसाथ गरी नविनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौति थपिएको बताए।

दिगो विकासका लक्ष्य प्राप्तिका लागि माबोइल, उपकरण, डिजिटल प्लेटफर्महरु, आर्टिफिसियल इन्टलिजेन्स भएको विकासका महत्वपूर्ण साधन बनेको उनले बताए।  

प्रकाशित: २८ श्रावण २०८१ १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App