४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दाहालमाथि शर्माको आरोपः बालुवाटारमा बसेर ‘जनार्दनले पार्टी फुटाउँदैछ’ भनियो

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालमाथि संगीन आरोप लगाएका छन्। 

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा एक लिखित धारणा राख्दै उपमहासचिव शर्माले पार्टीको मूल नेतृत्व (अध्यक्ष दाहाल) बाटै ‘जनार्दनले पार्टी फुटाउँदैछ’ भन्ने हल्ला फिँजाएको आरोप लगाएका हुन्।

उपमहासचिव शर्माले लिखित धारणामा अध्यक्ष दाहाल प्रधानमन्त्री रहेका बेला देशका विभिन्न ठाउँमा पुगेर पार्टी फुटतिर गएको आशय झल्किने गरी बयान दिएको कुरा उल्लेख रहेको एक स्थायी कमिटी सदस्यले बताए।

मूलतः पोखराको कार्यक्रममा अध्यक्ष दाहालले ‘पार्टी फुटतर्फ उन्मुख छ, तपाईँहरूको साथ कसलाई छ ?’ भन्दै कार्यकर्ताबिचमा कुरा राखेको विषय उपमहासचिव शर्माले आफ्नो धारणामा राखेको ती नेताले बताए।

‘त्यसले पार्टी फुट्ने पक्कापक्की भयो भन्ने देशभर देशभर देखा पर्न थाल्यो,’ शर्माको धारणा उधृत गर्दै ती सदस्यले भने,‘फुटाउने कसले ? भन्दा मूल नेतृत्व बालुवाटारमा बसेर जनार्दनले हो भनेर हल्ला फिँजाइयो।’ यसले कार्यकर्तामा जनार्दनले पार्टी फुटाउन लागेको भन्ने परेको पनि शर्माले बताए।

प्रकाशित: २७ श्रावण २०८१ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App