४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने :सांसद केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने धारणा राखेका छन् ।

सोमवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर सोही अनुरूप सरकार सञ्चालन गर्नुपर्ने बताए ।

सांसद केसीले सरकारको न्यूनतम साझा कार्यक्रम कांग्रेस र एमालेका बिचमा भएको सात बुँदे सहमतिको दिग्दर्शनमा आधारित भएर आउनुपर्ने बताए। उनले जनतामा देखिएको निराशा र असन्तुष्टि अराजकतामा परिणत हुन थालिसकेको भन्दै जनतामा आशा जगाउनुपर्ने बताए । 

सरकारले सुशासनमा केन्द्रित भएर न्यूनतम साझा कार्यक्रम बनाउनुपर्ने उनको धारणा थियो।भ्रष्टाचारको अन्त्य गर्नुपर्ने पनि उनले उल्लेख गर्नुभयो । सांसद केसीले आर्थिक क्षेत्र धराशयी भएको भन्दै आर्थिक क्षेत्रको सुधार गर्नुपर्नेमा पनि जोड दिए । 

प्रकाशित: २१ श्रावण २०८१ १८:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App