२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सांसद सापकोटाको प्रश्न: लेखा समितिको कार्यालय भिभान्त होटेल हो ?

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले सार्वजनिक लेखा समितिको कार्यालय भिभान्त होटेल हो भन्दै प्रश्न गरेका छन्।

सोमबार प्रतिनिधि सभामा बोल्दै उनले सार्वजनिक लेखा समितिको कार्यालय कहिलेदेखि भिभान्त होटेल भयो भनी प्रश्न गरेका हुन्। 

उनले भने, 'मैले अघिल्लो संसदमा लेखा समितिको सभापति ज्यूले झगडा र बक्यौता तिर्न बाँकी रहेका उद्योगीसँग रहस्यमय भेट्नुभयो। यसको उत्तर उहाँले मिडियामा नेपाली नागरिकले मलाई भेट्न चाह्यो मैले भेटे। यो कहीँ प्रश्नको उत्तर हुन्छ । भिभान्त होटेल भनेको कुनै सरकारी कार्यालय हो।  लेखा समितिका लागि सिंहदरबारमा कार्यालय छुट्टाइएको छ। सार्वजनिक लेखा समितिको सभापतिले यदि भिभान्त होटेललाई कार्यालय बनाएको हो भने भन्नु पर्‍यो।' 

प्रकाशित: २१ श्रावण २०८१ १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App