२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

कोशीमा एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय लिने सहमति

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा हाललाई नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताएका छन्।

विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले शक्ति सङ्ख्याका आधारमा नेकपा (एमाले) ले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको जानकारी दिए।

मुख्यमन्त्री कार्कीले वर्तमान अवस्थामा मन्त्रालयको सङ्ख्यामा वृद्धि नहुने प्रष्ट पारे। उनले कांग्रेसले नाम दिएका आधारमा दुई/चार दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए। मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भई कार्यान्वयनमा गइसकेकाले यसमा पुनरालोकन नहुने स्पष्ट पार्र्दै आवधिक समयमा बिग्रेका बजेटलाई कानुन बमोजिम सच्याउने सकिने विचार व्यक्त गरे।

उनले सामाजिक विकास मन्त्रालयका सचिवलाई आएको धम्की सम्बन्धमा प्रदेश सरकार कर्मचारी र नागरिकको सुरक्षाको निम्ति संवेदनशील रहेको बताए। 

प्रकाशित: १४ श्रावण २०८१ १८:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App