२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादी धारणा: उपसभामुखको पत्रले नैतिक प्रश्न उठ्छ, संवैधानिक परिषद्बाट प्रेरित भए प्रतिवाद

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपसभामुख इन्दिरा राना मगरमाथि राजनीतिक र नैतिक प्रश्न उठेको स्वीकार गरेको छ।

आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद सापकोटाले  यस्तो बताएका हुन्।

‘उपसभामुखको कुरा अहिले भर्खर आयो। एक वर्ष अगाडि कुरा रहेछ,’ उनले भने, ‘राजनीतिक र नैतिक प्रश्न यो हो। यसलाई यसरी लिन सकिन्छ।’

तर संवैधानिक परिषद्मा बहुमत पु¥याउन सत्तापक्षले ल्याइएको भए प्रतिवाद गर्ने उनले बताए।

‘संवैधानिक परिषद्मा तपाईँहरू अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ हाई लाइट गरिएको छ। यदि त्यो साँच्चै हो भने अधिकार र चरित्र हत्याका प्रति यो संसद्लाई न्याय गरिनुपर्छ,’ उनले भने, ‘रातारात संवैधानिक परिषद्मा केके निर्णय गर्नुछ त्यसबाट प्रेरित हो भने प्रतिपक्षले सशक्त प्रतिवाद गर्छौं।’

प्रकाशित: ६ श्रावण २०८१ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App