३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीलाई विश्वासको मत दिन सांसदलाई एमालेको ह्वीप

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा पक्षमा मतदान गर्न नेकपा एमालेले सांसदहरूलाई ह्वीप जारी गरेको छ। प्रतिनिधिसभामा रहेका आफ्ना सबै सांसदहरूलाई पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

प्रतिनिधिसभामा एमालेका ७९ सांसद छन्। जसमध्ये देवराज घिमिरे सभामुख छन्, उनलाई दलीय ह्वीप लाग्दैन। भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझी निलम्बनमा छन्। यसर्थ एमालेसँग प्रतिनिधिसभामा मतदानयोग्य ७७ मत छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत पाउन १३८ मत आवश्यक पर्छ। एमाललेलाई ८८ मत रहेको नेपाली कांग्रेसले मतदान गर्दा सहजै बहुमत जुट्ने अवस्था छ।

यसबाहेक ओली सरकारलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा०, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि सरकारमा रहेकाले विश्वासको मत दिनेछन्।

यस्तै जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिनसक्ने सम्भावना छ।

उता ३२ सिटको नेकपा माओवादी केन्द्र, २१ सिटको राष्ट्रिय स्वतन्त्र पार्टी र १० सिटको नेकपा एकीकृत समाजवादीले विपक्षमा मत दिने तयारी थालेका छन्।

असार १७ गते कांग्रेसको सहमति पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकारलाई ढलाएर ओली यही आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रधानमन्त्री नियुक्त भएको एक हप्तापछि नै विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित: ५ श्रावण २०८१ ११:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App