४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, पेसी ६ गते

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिविरुद्ध रिट परेको जानकारी दिए।

ओलीको नियुक्तिको बदरको माग गर्दै खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले संयुक्त रुपमा रिट दायर गरेका हुन्।

ओलीको नियुक्ति संविधान विपरीत भएको संविधानको धारा ७६(३) बमोजिम सरकार गठन हुनुपर्ने रिटमा उल्लेख छ।

रिटको पेसी भने साउनको ६ गतेलाई तोकिएको छ। 

प्रकाशित: ३१ असार २०८१ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App