४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण आज

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन्।

आज बिहान ११ बजे उनले राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गर्नेछन्।

प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतवार साँझ ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्।

नेपाली कांग्रेससँग सहमति गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्त्वको सरकारबाट बाहिरिँदै ओली नयाँ प्रधानमन्त्री बनेका हुन्।

गत असार २८ मा प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए।

प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले आजै मन्त्रिपरिषद् गठन पनि गर्ने तयारी गरेका छन्। 

प्रकाशित: ३१ असार २०८१ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App