१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

पर्सा वन्यजन्तु आरक्षका स्थानीय हत्या गर्ने सुरक्षाकर्मीलाई तत्काल कारबाही गर्नुपर्छः महेश बर्तौला

नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्ताैलाले पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीले स्थानीय सुकबहादर तितुङलाई गोली हानि हत्या गरेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

आईतवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले हटौँडा उपमहानगरपालिका वडा नम्बर १० निवासी तितुङलाई सो आरक्ष क्षेत्रको पसेको भन्दै त्यहाँको सुरक्षाकर्मीले गोली हानेर हत्या गरेको उल्लेख गर्दै त्यस्तो जघन्य अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रमुख सचतेक बर्तौलाले पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। उनले निकुञ्ज, आरक्षण र मध्यवर्ती क्षेत्र आसपासका स्थानीयलाई त्यहाँका प्रशासन, वन्यजन्तुले दुःख दिने गरेको उल्लेख गर्दै त्यस्तो हुन नदिन पनि सरकारलाई ध्यान दिन आग्रह गरे। 

प्रकाशित: ९ असार २०८१ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App