१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

स्याङ्जामा घर पुरिंदा आमा-छोरीको मृत्यु

फाइल तस्वीर

स्याङ्जामा पहिरोले घर पुरिँदा आमा-छोरीको मृत्यु भएको छ। गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका-५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो।

पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको घट्नास्थलमा रहेका प्रहरी सहायक निरीक्षक अमृत भुजेलले बताए। “राति सुतेका बेला पहिरो खसेको हो”, उनले भने। घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको उनले बताए।

पहिरोले ढुङ्गामाटो र जस्तापाताले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पुरिएको छ। पहिरोमा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ।

-रासस

प्रकाशित: १५ असार २०८१ १०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App