१७ असार २०८१ सोमबार
image/svg+xml
कला

प्रदीपको ‘यात्राको लय’ लोकार्पण

प्रदीप सापकोटाको नियात्रासङ्ग्रह ‘यात्राको लय’ एक समारोहबीच लोकार्पण गरिएको छ।

नेपाल स्रष्टा समाजको आयोजना तथा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्राडा लक्ष्मणप्रसाद गौतम, मनोचिकित्सक डा. अनन्त अधिकारी, निबन्धकार दीपक सापकोटा, नियात्राकार जय छाङ्छा, समालोचक ज्ञानु अधिकारी, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारीलगायतले कृतिको लोकार्पण गरेका थिए।

प्रमुख अतिथि क्याप्टेन रामेश्वर थापाले पुस्तकबारे संक्षेपमा चर्चा गर्दै सापकोटाको व्यक्तित्वका विविध आयामका साथमा आफ्नो मन्तव्य सहित शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कृति पठनीय भएको र यसमा निजात्मक अनुभूति छ, पाठकलाई आफूसँगै यात्रा गरेको भान पार्न सक्ने क्षमता छ भन्दै कृतिबारे संक्षेपमा चर्चा गरिन्। नियात्राकार सापकोटाले कृतिको रचना गर्भको बारेमा आफ्ना अनुभूतिहरू राखेका थिए।

नियात्राकार सापकोटाका यसअघि यात्राका इन्द्रेणी रंग (नियात्रासङग्रह) र मनको वारपार (मुक्तकासङग्रह) प्रकाशित भइसकेका छन्।

प्रकाशित: १५ असार २०८१ ०९:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App