१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

साउथ अफ्रिकी कप्तान भन्छन्ः विश्वकपमा भोग्नुपरेको पराजय निकै दुःखद र पीडादायी छ

आईसिसी टी–२० विश्वकप क्रिकेट सकिए पनि त्यसको चर्चा अझै हुँदैछ। शनिवार सम्पन्न फाइनल खेलमा भारतले साउथ अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जित्यो भने पहिलो पटक फाइनलमा पुगेको साउथ अफ्रिका उपाधिबिनै घर फर्किन बाध्य भयो।

अब फाइनलमा उपाधि जित्नबाट चुकेको साउथ अफ्रिकाका कप्तान एडेन मार्करमले विश्वकपमा उपाधि जित्नबाट चुकेको विषयमा प्रतिक्रिया दिएका छन्।

साउथ अफ्रिकी कप्तान मार्करमले विश्वकपमा भोग्नुपरेको पराजय निकै दुःखद र पीडादायी भएको बताएका छन्।

साउथ अफ्रिकी न्यूज वेबसाइट टाइम्स लाइभले कप्तान मार्करमको बयान प्रकाशित गरेको छ। जसमा मार्करमले भनेका छन्, ‘यो केही समयका लागि पीडादायी परिस्थिति हो। तर, यस्ता पीडादायी परिस्थितिले हामीलाई सिक्ने मौका दिन्छ र यसले आगामी दिनमा हामीलाई थप जोशका साथ अघि बढ्न मद्दत गर्छ।’

उनले थपे, ‘यो क्रिकेटको पहिलो म्याच थिएन जहाँ ३० बलमा ३० रनको आवश्यकता थियो। तरपनि हामी पराजित भयौँ। भारतले राम्रो बलिङ्ग र फिल्डिङ्ग गर्यो। जसको परिणाममा उसले जित हात पार्यो।’

टीमको पराजयमा आफू निकै दुःखी र निराश भएको भन्दै उनले भने, ‘यसबाट बाहिर निस्कन हामीलाई केही समय लाग्छ। तर, म आफ्नो टीमको शानदार प्रदर्शनबाट निकै खुशी छु। अन्तिममा पराजित भएपनि मलाई मेरा खेलाडीहरूमाथि गर्व छ।’

उनले भने, ‘हामीलाई लाग्यो हामी यो म्याच जित्ने छौं। जुन लक्ष्य भारतले दिएको थियो त्यो सजिलै पूरा गर्ने विश्वास पनि थियो। अन्तिम ओभरसम्म यो खेल हामी गुमाउछौँ भन्ने लागेको थिएन। तर, निकै तीव्र गतिमा खेलको गति बदलियो र हामी जितबाट चुक्यौं। मलाई मेरा टीमका साथीमाथि गर्व छ।

प्रकाशित: १७ असार २०८१ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App