१७ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

विद्यार्थीसहित प्रशिक्षकले मनाए खेतबारीमै गएर धान दिवस

शनिबार २१ औँ राष्ट्रिय धान दिवसको अवसरमा गुल्मीकाे रुरुक्षेत्र गाउँपालिका वडा नं ४ रानीबासमा रहेको जनबोध माध्यामिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले खेतबारीमै गएर धान रोपेर धान दिवस मनाएका छन्। विद्यार्थीलाई किताबी ज्ञानमात्र नभएर व्यवहारिक ज्ञानमा जोड दिनका लागि खेतमै लगेर सिकाइ गरेको विद्यालयले जनाएको छ।

 विद्यालयले विद्यार्थीलाई प्रत्येक बर्ष खेतमै लगेर धान दिवस मनाउने गरेको छ। जनबोध माध्यामिक विद्यालयका प्रधानाध्यापक बामदेव ज्ञावलीले विद्यार्थीलाई प्रयोगात्मक ज्ञान प्रदान गर्न धान रोपाइँमा संलग्न गराएको बताए। ‘सधैँ ती विद्यार्थीसँग झोला, किताब, कापी र कलम हुन्थ्यो तर विद्यार्थीले किसानको खेतमा धान रोपेँ। धान खेतमै गएर रोप्न थालेछि विद्यार्थीहरु खुशी भए’, उनले भने।

किसानलाई रोपाई भ्याईनभ्याई चलिरहेका बेला प्रशिक्षकसहित विद्यार्थीहरुको टोली किसानको खेतमा धान रोप्न पुगेको र प्रशिक्षकसहित विद्यार्थीहरुले रमाउँदै धान रोपेको उनको भनाइ छ।

उनले भने,‘कृषि विषय पढ्दै गरेका विद्यार्थीहरू सधैँ विद्यालयमा धानका बारेमा पढ्दै गरेका हुन्थे तर आज धान रोप्ने अवसर मिलेकोमा उनीहरु खुसी छन्।’

विद्यालयले आयोजना गरेको २१ औँ धान दिवस तथा रोपाइँ महोत्सवमा विद्यार्थी र प्रशिक्षक रमाउँदै दही र चिउरा लगेरै खेतमा पुगेका थिए। उनले भने,‘हाम्रो विद्यालयमा कृषि बाली बिज्ञानको पढाई हुने भएकाले प्रत्येक बर्ष धान दिवस मनाउने गरेका छौँ। यहाँ सिँचाइ व्यवस्था छैन्। आकाशे पानीमा रोपाइ गरिन्छ। एकचोटी पानी पर्‍यो भने अर्कोचोटी पानी नै चाहिदैन्। किनभने यहाँ एकचोटी पानी पर्‍यो भने पानी आफैँ फुटिहाल्छ। यहाँको माटो नै यस्तै छ। धेरै पानी नै चाहिदैन्।’

विद्यार्थीको प्रयोगात्मक कार्यक्रम अन्तर्गत खेतमै लगेर विद्यार्थीहरुको परीक्षण गर्ने गरेको उनी बताउँछन्। बिशेष गरी धान उत्पादनका विभिन्न चरण,विधि र अवस्थाहरुको बारेमा प्रत्यक्ष खेतमै लगेर सिकाइएकाे बताए।

 ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको अभ्यास शिक्षणको प्रयोगात्मक माध्यमबाट धान खेतीमा दक्ष बनाउन धान रोपाइमै सहभागी गराएकाे उनकाे भनाइ छ। धान रोपाइँ कार्यक्रममा प्रशिक्षक, विद्यार्थी गरी ७८ जनाको सहभागिता रहेको थियो।

प्रकाशित: १५ असार २०८१ १०:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App