१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

कालीकोटका ६ जना उत्कृष्ट कृषक पुरस्कृत

प्रोत्साहतस्वरूप कालीकोटका ६ जना किसानलाई पुरुस्कृत गरिएको छ। कृषितर्फ तिन र पशुपंक्षीतर्फ तिन जना गरी ६ जना किसान मुख्यमन्त्री उत्कृष्ठ कृषक पुरस्कारबाट पुरुस्कृत गरिएको हो। उत्कृष्ट किसानलाई शुक्रबार एक कार्यक्रमकाबीच प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिएको छ।

कृषि तर्फबाट रास्कोट गरपालिकाका-९ का पुष्पराज बरालले प्रथम पुरस्कार पाएका छन्। उनी अहिले व्यवसायिक रूपमा कृषि विषयको अध्ययान गरी कृषि पेशामा संलग्न छन्।

त्यस्तै,खाँडाचक्र नगरपालिका- ६ का विकाश शाहीले द्धितिय पुरस्कार पाएका छन्। उनीले ८ रोपनी क्षेत्रफलमा स्याउ ३ रोपानीमा ओखर खेती गरेर पुरस्कार पाएका हुन्।

यस्तै तृतीयमा भने रास्कोट नगरपालीका (१ की चरना धमला पुरस्कृत भएकी छन्। उनले पनि फलफूल बगैचा र २० रोपनी क्षेत्रफलमा स्याउका बिरुवा लगाएकी छन्।

वास्तविक किसान नछुट्ने र नक्कली किसान नपर्ने गरी तथा पहिले पुरस्कृत भएका किसान नदोहोरिने मापदण्डअनुसार किसानको छनोट गरिएको जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले बताए।

पुरस्कारले व्यवसायप्रतिको जिम्मेवारी बढाएको र हौसला प्राप्त भएको किसान पुष्पराज बरालले बताए। उनले अनुदानमुखीभन्दा पनि किसानको उत्पादनमुखी र आत्मनिर्भरमा कृषिका कार्यक्रम हुनुपर्नेमा जोड दिए।

यस्तै पशुपंक्षीतफ भने प्रथममा कलबहादुर कार्की, द्वितीय बलरुप थापा र तृतीयमा बलिराज विष्ट पुरस्कृत भएको जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ।

जिल्ला कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयको संयुक्त आयोजनामा ६ जना उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको पशु सेवा कार्यालय कालीकोटका प्रमुख धनबहादुर महतले बताए।

जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले सम्मान तथा पुरस्कारले किसानलाई हौसला प्राप्त हुन्ने र उत्पादन वृद्धिमा टेवा पुग्ने बताए। सरकारको लगानीअनुसार कृषि र पशुपालन क्षेत्रबाट अपेक्षित उपलब्धि नभएको उनको भनाइ छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले कृषिमा युवा आर्कषण बढ्दो क्रममा रहेकोले स्थानीय तहले युवामैत्री नीति निर्माणमा जोड दिनुपर्ने बताए। किसानको उत्पादन वृद्धिमा जोड दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा प्रथमहुने लाई ४० हजार द्वितीय हुनेलाई ३० हजार र तृतीयलाई २० हजार नगद प्रदान गरिएको जिल्ला कृषि विकास कार्यालय कालीकोटका सूचना अधिकारी रामाकान्त खनालले जानकारी दिए।  

प्रकाशित: १५ असार २०८१ ०९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App