१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संविधान संशोधन गर्न आवश्यक छः प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशनमा संविधान संशोधनको विषयमा प्रवेश गराइसक्नुभएको उल्लेख गर्दै समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्ने बताए। उनले राष्ट्रिय सहमति जुटाइ कांग्रेसले सो बाटोमा अभियान छेड्नुपर्ने बताए। उनले एक तिहाई निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुने व्यवस्था राख्नुपर्ने बताए।

उनले भने, ‘पार्टी सभापतिले हाम्रो अधिवेशनमा त्यसलाई प्रवेश पनि गराइसक्नुभएको छ। अब हामीले संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्छ । समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्छ। अब त्यस बाटोमा नेपाली काँग्रेसले अभियान छेड्नुपर्छ। राष्ट्रिय सहमति जुटाउनु पर्छ। त्यो भनेको के हो भने ३३ प्रतिशत जुन केन्द्रमा महिला, प्रदेशमा, स्थानीयमा अझ बढी छन्। यसलाई सुनिश्चित गर्न के गर्ने? स्थानीयमा त प्रत्यक्ष निर्वाचन हुन्छ। त्यसकै माध्यमबाट आउँछ। केन्द्र र प्रदेशमा महिला उम्मेदवारले महिला उम्मेदवारसँगै प्रतिष्पर्धा गर्ने हुनुपर्छ। सिट रोटेशनमा हुनुपर्छ। एक तिहाई निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुनुपर्छ। जुनसुकै पार्टीका होउन्। अर्को पल्ट अर्को एक तिहाई क्षेत्रमा फेरि महिला महिला बीच हुनुपर्छ। यसले राजनीतिक नेतृत्व विकसित गर्न मद्दत गर्दछ।’

प्रकाशित: ६ असार २०८१ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App