१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेका हुन्।

उनले प्रधानमन्त्री कुनै पनि भ्रमणमा जाँदा जानु अगाडि जानकारी गराउने परम्परा रहेको तर फर्किएर आएको पनि पाँच दिन हुँदा पनि सदनलाई जानकारी नगराइएको बताए।

उनले मन्त्री विदेश जाँदा समेत सदनलाई जानकारी गराउनुपर्ने संसदीय परम्परा रहेको बताए।

त्यस्तै उनले राष्ट्रपति बाहिर जाँदा आफूहरूले पत्रिका पढेरै थाहा पाउनुपर्ने हो भन्दै प्रश्न गरे। राष्ट्रपतिको विदेश भ्रमणबारे पनि सदनलाई जानकारी गराउन उनले माग गरे। 

प्रकाशित: ३२ जेष्ठ २०८१ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App