२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रस्ताव आए सरकारमा जान्छौ तर मरिहत्ते गर्दैनौँ: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले प्रतिपक्षको भुमिकालाई बलियो बनाएर जाने बताए। सरकारका लागि आफैँ प्रस्ताव आए जाने तर कोशिस गरेर मरिहत्ते नगर्ने जिकिर गरे। उनले  क्रिमिनलाइजेशन इन पोलिटिक्स गम्भीर बनेको बताए।

उनले सहकारी मात्रै नभइ अन्य धेरै ठाउँहरुमा अख्तियार,निर्वाचन आयोग, सिआईबी लगायतले दुःख दिइरहेको बताए। उनले दल फुटाउने, दुःख दिने, व्यक्तिलाई दुःख दिने काम गरेर अघि जान नसकिने बताए। उनले सुशासनका कुरा, पारदर्शिताका कुरा, भ्रष्टाचारका कुरालाई छिनोफानो गरेर अघि जान नसकेसम्म देश बन्न नसक्ने बताए।  

प्रकाशित: ३० जेष्ठ २०८१ १७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App