१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार भारत जाँदै

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल भाजपा नेता नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन भारत जाने भएका छन्। लोकसभा चुनावमा एनडीएको २९२ सिटमा जितसँगै नरेन्द्र मोदीले तेस्रोपटक भारतको प्रधानमन्त्रीको शपथ लिँदैछन्। शपथ कार्यक्रम साँझ ६ बजे हुनेछ।

जुन ९ मा मोदी र सरकारको मन्त्रिपरिषद्का केही सदस्यले शपथ लिने कार्यक्रम छ। शपथ ग्रहण समारोहमा धेरै देशका प्रमुखलाई निमन्त्रणा गरिएको छ। मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार मध्यान्ह भारत प्रस्थान गर्ने छन्। दाहाल भाेलिपल्ट स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

उनका अनुसार छिमेकी राष्ट्रका अन्य सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेसेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूलगायत सहभागी हुनेछन्।

भारतको केन्द्रीय सरकारको विज्ञप्तिअनुसार राष्ट्रपति द्रौपदी मुर्मुले शपथ ग्रहण समारोहमा सहभागी हुने विदेशी नेताहरूका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन्।

भारतको ‘छिमेकी नीति’ र सागर’ भिजनअन्तर्गत छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २६ जेष्ठ २०८१ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App