१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण छः सांसद शाक्य

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी  अञ्जान शाक्यले सरकारले ल्याएको बजेटमा आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन, कृषिको व्यवसायीकरण, उर्जा, सूचना प्रविधि, पर्यटन, औद्यागिक विकास र पूर्वाधार निर्माण रहनु स्वागतयोग्य भएको बताएकी छिन ।

सोमवारको राष्ट्रिय सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन । उनले सरकारले ल्याएको बजेटमा अहिले देखिने आवश्यक विषयहरु कार्यान्वयन गर्दै जानका लागि बजेटमा समावेश हुनुपर्ने बताइन । उनले आवश्यक श्रोत परिचालनको समुचित व्यवस्था, प्रशासनिक व्यवस्थामा सुधार, कर प्रशासनमा सुधार, सार्वजनिक ओहोदामा बस्ने पदाधिकारीहरुको देश र जनताप्रतिको जवाफदेहीतामा संरचनात्मक सुधारको आवश्यकता रहेको पनि बताइन ।

उनले आगामी आर्थिक वर्षमा सरकारले कुल पुँजीगत खर्च गर्न सक्ने की नसक्ने भन्ने चुनौति रहेको बताइन।उनले कुल गार्हस्थ्य उत्पादनमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको भएपनि आवश्यक श्रोत परिचालनको व्यवस्था चुनौतिपूर्ण रहेको बताइन । 

प्रकाशित: २१ जेष्ठ २०८१ १४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App