३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सत्तामा बस्नेहरुले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैनः प्रदीप पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरुले प्रश्न गर्न नमिल्ने बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले कांग्रेस प्रमुख प्रतिपक्ष रहेको र काँग्रेसको अहिलेको काम प्रश्न गर्ने भएको भन्दै सरकारमा बस्नेहरुले कांग्रेसमाथि प्रश्न गर्न नमिल्ने बताए। उनले सत्तामा उत्तर दिनका लागि बस्नुपर्ने बताए। कांग्रेसले भइरहेका अनियमितताका बिरुद्धमा आवाज उठाइरहेको पनि बताए।

अनियमितताबिरुद्ध आवाज उठाउँदा कांग्रेसमाथि प्रश्न गरिरहेको उनले आरोप लगाए। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अदालतले गरेको निर्णयका बिरुद्धमा आफू अदालत भन्दा पनि माथि रहेको झैँ आलोचना गरिरहेको आरोप लगाए।

उनले भने, ‘आज कब्जा गर्ने होडबाजी भइरहेको छ। विपक्षमा बसेर काँग्रेसले प्रश्न ग¥यो, सत्तामा बसेर सत्तारुढ दलहरुले काँग्रेसलाई प्रश्न गरिरहेका छन्। सत्तामा बस्ने त उत्तर दिनका लागि हो, कामबाट उत्तर दिने उद्देश्यका लागि सत्तामा बस्ने हो। तर सत्तामा बसेर विपक्षीमा भएको काँग्रेसलाई प्रश्न गरिरहेका छन्। काँग्रेसको काम प्रश्न गर्ने हो, हामीले प्रश्न ग¥यौँ। सत्ताको काम उत्तर दिने हो उनीहरुको प्रश्न गर्ने होइन। उत्तर दिन सकेनन्, उनीहरुले जुन ढंगबाट अनियमितता गरेका छन्, जुन अनियमित ढंगबाट उत्तर दिन उनीहरुले सकेनन्, त्यसपछि बलजफ्ती गर्न खोजिरहेका छन्। अदालतले गरेको निर्णयमा धम्की दिन थालिएको छ। मेराबिरुद्ध अदालतले निर्णय गर्न पाउँछ, म अदालत भन्दा धेरै माथि हुँ। मलाई अदालतले प्रश्न गर्ने, को हो त्यो न्यायाधीश, कुन हो त्यो अदालत? त्यस्तो ढंगबाट धम्की आइरहेको छ। यो स्वभाविक हुन सक्दैन, लोकतन्त्रमाथिको जोखिम हो। कुनै व्यक्तिको लहडको कारणले नेपालको लोकतन्त्र समाप्त हुनेबाटो तिर जान दिनु हुँदैन।’

प्रकाशित: ३ जेष्ठ २०८१ १४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App