नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। बैठक अहिले ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्न लागेको हो।
एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा आजबाट सुरु हुन लागेको संसदको बजेट अधिवेशनमा सरकारको नीति, कार्यक्रम, बजेटमा प्रभावकारी भूमिका खेल्न दलका नेताले निर्देशन दिनेछन्। साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।
प्रकाशित: २८ वैशाख २०८१ १०:५८ शुक्रबार