१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

हिजो आफैले काँध थापेको व्यक्ति (गृहमन्त्री) ले कुट्न लगाए: सांसद शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले विगतमा आफैले काँध थापेका गृहमन्त्री रवि लामिछानेले आफैलाई कुटपिट गर्न लगाएको दुखेसो पोखेका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विगतमा आफुले गृहमन्त्री लामिछानेको काँध थापेको तर मंगलबारको आन्दोलनमा आफैलाई केन्द्रित गरेर प्रहरीले कुटपिट गरेको भन्दै गुनासो पोखेका हुन।

‘म गृहमन्त्रीलाई स्मरण गराउन चाहन्छु, सञ्चार माध्यमको स्टुडियोबाट प्रहरीले उहाँलाई पक्राउ गरेर चितवन लग्यो। त्यतिखेर आन्दोलन गर्दा ममाथि निर्मम कुटपिट भएको थियो। तर मंगलबारको आन्दोलनमा उहाँले डिएसपी खटाएर मलाई कुटपिट गर्न र मैले लगाएको कपडा च्यात्न लगाउनुभयो’, शाहीले भने, ‘हिजो तपाईँलाई काँध थाप्नेलाई आज पिट्न लगाउनुभएको छ।’

उनले संविधान प्रदत्त अधिकार प्रयोग गरेर शान्तिपूर्ण आन्दोलन गरिरहेका माथि किन बल प्रयोग गरे भन्दै गृहमन्त्रीको आलोचना गरेका थिए। ‘यो देशको संविधान ठूलोकी गृहमन्त्री ठूला?’, शाहीले प्रश्न गरे। 

प्रकाशित: २८ चैत्र २०८० १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App