२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलाम २ मा महिला उम्मेदवार शून्य!

इलाम क्षेत्र २ मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन्, तर त्यसभित्र महिला उम्मेदवार एकजना पनि परेनन्। १२ दल र आठ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन गर्दा महिला उम्मेदवार शून्य भएका हुन्।

विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूले पञ्चेबाजा र ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुुगेर उम्मेदवारी दर्ता गराएका थिए।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङलाई मैदानमा ल्याएका छन्। सुहाङलाई नेपाल कम्युनिस्ट पार्टीले समेत समर्थन गरेको छ।

नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्काले उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ। पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

जनमत पार्टीका प्रेमबहादुर लिम्बु, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बु, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन्।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए।

स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०८० ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App