१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

‘सहकारीले गर्दा कांग्रेसले टिकट नदिएपछि जाने ठाउँ बन्द’

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले कांग्रेसले टिकट नदिएपछि जाने ठाउँको रूपमा रहेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ सहकारीका कारणले गर्दा बन्द हुने अवस्थामा पुगेको भन्दै टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन। ‘कांग्रेस पार्टीले टिकट नदिए पछि अर्को कुनै जाने ठाउँ राष्ट्रिय स्वतन्त्र पार्टी छ भन्ने एउटा पछिल्लो समय निकै अवसरको ठाउँ बनेको थियो। यो सहकारीको कारणले गर्दा त्यो पनि बन्द हुने अवस्थामा पुगेको छ। मलाई साह्रै चिन्ता लागेको छ’, बजगाईको टिप्पणी थियो।

उनले बुढीगण्डकीमा माछा मार्नेहरूले बुढीगण्डकीको माछा केन्द्रीय सरकारलाई पठाएपछि त्यो परियोजना बन्छ की भन्ने आशा पलाएको व्यङ्ग्य पनि गरेका छन्।

प्रकाशित: २१ चैत्र २०८० १८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App