१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्। बुधबार संसद्लाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन्।

संसदको कार्यसूचीमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने भएपनि केन्द्रमा भएको सहमति अनुसार उनले राजीनामा दिएका हुन्।

शर्माले आइतबार विश्वासको मत लिने प्रयोजनका लागि संसद्मा निवेदन दर्ता गराएका थिए।

अन्तिम समयसम्म केन्द्रको निर्णय अटेरी गर्दै आएका शर्मालाई राजीनामा गराउन कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र पूर्व मन्त्री महेन्द्रबहादुर शाहीलाई माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले सुर्खेत पठाएका थिए।

प्रकाशित: २१ चैत्र २०८० १६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App