१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

को हुन् नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहाल ?

राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।

कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन्।

दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत पर्‍यो। शर्माका पक्षमा भने १७ मत मात्र परेको थियो। बैठकमा जम्मा ५६ जना सांसद सहभागी थिए।

दाहाल वि.सं. २०१२ फागुन १२ गते जन्मिएका हुन्। चितवनको भरतपुर महानगरपालिका–१४, भीमसेननगर स्थायी बसोबास भएका उनी ०३२ सालदेखि राजनीतिक दलमा आबद्ध भएका थिए। औद्योगिक संकायमा स्नातक गरेका दाहाल ०२७ सालदेखि राजनीतिमा सक्रिय भएका हुन्।

२०३१ बाट कम्युनिस्ट राजनीतिक आन्दोलनमा पार्टी कमिटी पार्टी सदस्यको रूपमा काम गरेका थिए। उनी अखिल नेपाल भारतीय एकता समाजको जिम्मेवारीमा रहेर अध्यक्षलगायत सबै पदमा बसेर काम गरिसकेका छन्।

उनी माओवादी जनयुद्धमा भूमिगत रहेर पार्टीको गतिविधिमा लागेका थिए। २०६३ सालमा सांसद, २०६४ को संविधान सभाको सदस्य समेत भएका थिए। उनी राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य हुन। उनले चार वर्ष लेखा समिति सदस्य भएर काम गरे। दाहालले प्रधानमन्त्री प्रचण्डको सल्लाहकार भएर समेत काम गरिसकेका छन्। उनी हाल नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य पनि हुन।  

प्रकाशित: २९ फाल्गुन २०८० १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App