१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अध्यक्ष श्रेष्ठ अस्वस्थ भएपछि नाउपाको बैठक स्थगित

नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएपछि सोमबार बस्ने भनिएको केन्द्रीय समितिको स्थगित भएको छ। निर्धारित तालिका अनुसार सोमबार दिउँसो १ बजे कैलालीको टिकापुरमा यो बैठक डाँकिएको थियो। 

अध्यक्ष श्रेष्ठका स्वकीय सचिव रमेश विकले अध्यक्षको स्वास्थ्य प्रतिकुल भएका कारण बैठक स्थगित गर्नुपरेको जानकारी दिए। ‘अध्यक्षको स्वास्थ्यका कारण बैठक स्थगित भयो’, उनले नागरिकन्यूजसँग भने, ‘उहाँ स्वस्थ नभएकाले काठमाडौँबाट टिकापुर जान सक्नु भएन।’

पहिलो महाधिवेशनमा अध्यक्ष पदमा सर्वसम्मत भएका रेशम चौधरी नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले अयोग्य ठहर गरेको थियो। आयोगले रेशमलाई ‘तपाई नेतृत्वको पार्टीलाई वैधानिकता कसरी दिन मिल्छ?’ भन्दै स्पष्टीकरण सोधेको थियो।  उनको जवाफ प्राप्त भएपछि आयोगले चौधरीलाई अयोग्य ठहर गरेको हो। रञ्जिता श्रेष्ठ र रेशम चौधरी श्रीमान्–श्रीमती हुन। 

रेशमलाई आयोगले अयोग्य ठहर गरेपछि नागरिक उन्मुक्ति पार्टी(नाउपा)को पहिलो बैठक सोमबार डाकिएको हो। निर्वाचन आयोगले रेशम नेतृत्वलाई अयोग्य ठहर गरेर रञ्जिता नेतृत्वको पुरानै कार्य समितिलाई लाई वैधता दिएपछि उनलेनै पहिलो पटक कार्यसमिति बैठक डाकेकी हुन। 

बैठकमा संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सामेल हुने नहुने भन्ने विषयमा छलफल हुने बताइएको थियो। रञ्जिता र रेशमबीचको झगडाका कारण सुदूरपश्चिम सरकार बहुमत पुर्‍याउन नसकेर ढलमलको अवस्थामा छ। 

अध्यक्ष रञ्जिता बिरामी भएर काठमाडौँमै उपचार गराइरहेकी थिइन्। उनी सोमबार जसरी पनि टिकापुर पुग्छु भनेर बैठक बोलाएकी हुन। रञ्जिता सुगर र प्रेसर एक्कासि बढेपछि अस्पताल भर्ना भएकी हुन।  

प्रकाशित: २८ फाल्गुन २०८० ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App