१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ गठबन्धनप्रति प्रधानमन्त्रीको संशय–जोखिमपूर्ण छ, दुई तीन दिनमा देखिइसक्यो (पूर्णपाठसहित)

नयाँ गठबन्धन कति जोखिमपूर्ण छ भन्ने कुरा पछिल्ला दुईतीन देखिइसकेको प्रधानमन्त्री पुष्पकमल दाहालले टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नयाँ गठबन्धनमाथि पनि संशय व्यक्त गर्दै यस्तो बताएका हुन्।

‘नयाँ गठबन्धन कति जोखिमपूर्ढा छ भन्ने कुरा पछिल्ला दुईतीन दिनका घटनाक्रमले देखिइसकेका छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘यो गठबन्धन कति परिणाममुखी हुन्छ रु विश्वासको मत लिँदासम्म प्रमाणित भइसक्नेछ।’

बिहानको पहिलो मन्त्रिपरिषद्को बैठकमा नै आफूले उपप्रधानमन्त्री र मन्त्रीहरूसँग प्रस्ट भनेको बताए। उनले भने, ‘बैठकमा मैले भनिसकेको छु। मैले गति लिन सकेन्, जनतालाई परिणाम दिन सकेन भने, जनतामा आशा जगाउन सकेन भने इतिहासमा यसको औचित्य सिद्ध हुनेछैन।’

आफ्नो पछिल्लो कदमलाई अस्थिर भनेकामा प्रधानमन्त्री दाहालले चित्त दुखाए। ‘कांग्रेसको संसदीय दल बसेर मलाई राजनीतिक बेइमान भनेको रहेछ। राजनीतिमा इमान/बेइमान भन्ने हुन्न। राजनीतिक परिस्थितीको कुरा हो,’ प्रधानमन्त्री दाहालले भने।

प्रकाशित: २४ फाल्गुन २०८० १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App