१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाललाई भेट्न प्रमुख सचेतक लेखकसहित देउवा दम्पत्ती कोटेश्वरमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु राणा कोटेश्वर पुगेका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न देउवा दम्पत्ती केहीबेर अघि मात्रै कोटेश्वर पुगेका हुन्।

बिरामी भएर घरमै स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष नेपाललाई भेट्न सभापति देउवा र राणा नेपाल निवास कोटेश्वर पुगेको स्रोतले बतायो।

नेपाललाई जन्मदिनको शुभकामना दिनुका साथै स्वास्थ्यलाभको कामनासहित पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितिकोबारेमा पनि कुराकानी हुने बुझिएको छ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपालसँग भेटघाट गरेका थिए।

वर्तमान सरकारमा नेकपा एस जाने वा नजाने विषयमा आजको सचिवालय बैठकले टुङ्गो लगाउने छ।

प्रकाशित: २३ फाल्गुन २०८० १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App