१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुने बताइएको छ।

यसअघि, आइतवार बसेको पदाधिकारीको अनौपचारिक बैठकले आजको लागि स्थायी कमिटीको बैठक तय गरेको थियो।

पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाका अनुसार आइतवारपार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए।

तराई–मधेस अभियान, उत्तर–दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताए। माओवादीले आगामी चैत १ गतेदेखि तराई–मधेसमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

प्रकाशित: १५ फाल्गुन २०८० ०७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App