१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भारतले लगानी गरेको विद्युत मात्र भारतले किन्ने प्रावधान सिन्डिकेट हो: एमाले

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले ‘भारतले लगानी गरेको विद्युत मात्र भारतले किन्ने’ भन्ने सम्झौतामा हस्ताक्षर गरेर सरकारले सिन्डिकेटलाई प्रशय दिएको आरोप लगाएका छन्।

बुधवार प्रतिनिधिसभामा बोल्दै उनले सत्तामा टिक्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रलाई अहित हुने सम्झौता गरेको आरोप पनि लगाए।

प्रमुख सचेतक गिरीले भने, ‘भारतले मात्र नेपालमा आएर लगानी गर्ने अनि उसले मात्र उत्पादन गरेको विद्युत बिक्री भारतलाई बिक्री गर्दै जाने ? अनि नेपालका सारा विद्युत क्षेत्रलाई सिन्डिकेट गर्दै जाने ? यसले राष्ट्रको हित गर्छ की गर्दैन। अनि सत्तामा टिक्नका निम्ति जस्तो सुकै सम्झौता गर्दै जानेरु आज एउटा राष्ट्रले गर्ला, भोली अर्को राष्ट्रले माग्ला, पर्सी अर्को राष्ट्रले माग्ला।’

उनले भने, ‘भारतीय विदेश मन्त्री नेपाल आउनुभयो। पावर ट्रेड एग्रिमेन्ट भयो भन्ने छ। १० हजार मेगावाट बिक्री भारत लाई बिक्री गर्ने प्रसंगआयो। त्यसको बारेमा हामी समीक्षा गरौला। छलफल गरौला। त्यो संसद्को विषय हुन्छ की हुँदैन त्यो पनि छलफल गर्नुपर्छ।’

गिरीले प्रधानमन्त्री स्वयंले सिन्डिकेटपूर्ण कुरा संसदीय समितिमा आएर जानकारी दिएकोप्रति आपत्ति जनाएका थिए। ‘प्रधानमन्त्री स्वयंले भने, भारतले किन्ने भनेको बिजुली भारतले लगानी गरेको मात्र किन्ने कुरा छ। अन्य  चिन वा अन्यले लगानी गरेको विद्युत किन्न अनिच्छुक छ। यो कति संवेदनशील कुरा हो। विद्युत बिक्रीमा सिन्डिकेट राख्ने कुरामा सरकारले सम्झौता गर्ने’, उनले भने। 

प्रकाशित: २४ माघ २०८० १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App