२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

मेलम्ची खानेपानीमा बालेनकाे व्यङ्ग्य: एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

काठमाडौँ महानगरका मेयर बालेन शाहले मेलम्ची खानेपानीको उद्घाटनलाई लिएर टिप्पणी गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै मेयर शाहले प्रधानमन्त्रीलाई एउटै परियोजना बारम्बार उद्घाटन गरेर एउटै मन कति पल्ट जित्नुहुन्छ भन्दै व्यङ्ग्य गरेका छन्।

उनले यसअघि उक्त योजनाको ५ वटा उद्घाटन भएको पनि स्मरण गराएका छन्। उनले खानेपानी योजनाको प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको पनि बताएका छन्।

उनले लेखेका छन्, 'प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको छ। मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ। त्यो झरेर मुहान कुनै पनि बेला थुनिन सक्छ। बालुवा भएको सुरुङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइदैछ। बालुवा थेग्रिने संरचनाहरूको अभावमा लेदो सिधै सुरुङमा पसेर सुरुङ नै भरिन सक्छ, जसलाई निकाल्न बर्षौँ समय र अर्बौँको लागत लाग्न सक्छ।' 

उनले प्राविधिक जोखिमको आंकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना पानी ल्याउनु राजनैतिक स्टन्ड भएकाे बताएका छन्।

प्रकाशित: १ माघ २०८० ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App