१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रालय चलाउन नसकेको भन्दै सांसद राईले मागे गृहमन्त्रीको राजीनामा

सांसदहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले गृह मन्त्री राजीनामा माग गरेका हुन्।

मन्त्रिपरिषदको बैठक सिध्याएर प्रहरी महानीरिक्षकसहित समितिको बैठकमा पुगेका गृहमन्त्री श्रेष्ठको नेकपा एमालेका सांसद राजेन्द्र राई लगायतले राजीनामा मागेका हुन्।

सांसद राइले गृहमन्त्रालय चलाउन नसकेको भन्दै राजीनामा मागेका थिए।

‘मन्त्रीज्यू गृहमन्त्रालय चलाउन सक्नु भएन अब राजीनामा दिनुस् ,युवालाई ताकीताकी गोली हान्ने? ठाउको ठाउँ गोली हान्न मिल्छ? मान्छे मार्न पाइन्छ? मान्छे मार्न पाइँदैन’, उनले भने।

उनले छानवीन समितिलाई निष्पक्ष ढंगले काम गर्न पनि गृहमन्त्रीको राजिनामा दिनुपर्ने बताएका थिए। ‘घटनाको छानबिनका लागि समिति पनि बन्यो  तलका मान्छेलाई कारबाही पनि गर्‍यो। अब यसो गरौँ मन्त्री ज्यू तपाई राजीनामा दिनुस् सबैभन्दा राम्रो कुरा तपाई राजीनामा दिनुस्’, सांसद राईले भने।

समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा ईपीएस कार्यालयका प्रतिनिधि र भौतिक मन्त्रीका कारण सो घट्ना हुन पुगेको जवाफ दिएका थिए।

‘मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवाल जवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ,त्यसपछि आर्मीले मन्त्रीजीलाई पार्टी बैठक स्थलमा पु¥याएको रहेछ, इपिएसका कर्मचारी पनि जिम्मेवार बनेको देखिएन’, उनले जवाफको क्रममा भने।  

आज संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री र प्रहरी महानीरिक्षकलाई बैठकमा बालकुमारी घट्नाको बारेमा जानकारी दिन बोलाएको थियो।

प्रकाशित: १६ पुस २०८० ०५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App