१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न हुन्छः प्रधानन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताएका छन् ।आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानन्त्री दाहालले जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताएका हुन।

उनले भूकम्प पीडितका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले निकासी भइसकेको बताए। उनले विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँको व्यवस्थापन गरिएको पनि बताए।

प्रधानमन्त्री दाहालले जाजरकोट र रुकुमको भुकम्पपछि खोज र उद्दारमा सरकारले लिएको तदारुकताले राज्यप्रति जनताको भरोसा बढाएको उल्लेख गरे।

प्रकाशित: १० पुस २०८० १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App