१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि मोर्चा बनाएर आन्दोलन गर्नुपर्छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाको निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन्।

आज आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाको निम्ति आन्दोलनको विकल्प नभएको बताएका हुन। उनले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाको एजेन्डाको मुख्य संवाहक आफूहरू नै भएको भन्दै यसको निम्ति आन्दोलन नै अन्तिम विकल्प भएको बताएका हुन।

अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि बृहत् राष्ट्रिय मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको बताए। अबको विकल्प राजसंस्था सहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र दुई तहको सरकार भएको उनको भनाई छ। उनले यसको निम्ति सम्पूर्ण जनताहरूलाई सडकमा आउन अपिल पनि गरे।

अध्यक्ष थापाले राप्रपा नेपाल सङ्गठनात्मक रुपमा कमजोर भएको बताए। अझै पनि पालिका तहसम्म पार्टी कमिटी गठन हुन नसकेको र जिल्लाका कमिटीहरू पनि अपेक्षाकृत रुपमा सक्रिय हुन नसकेका धारणा राखे। भातृ संस्था र विभागहरू पनि निष्क्रिय भएका भन्दै अब पार्टी कमिटीलाई जुझारु र सक्रिय बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: २४ मंसिर २०८० ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App